नेपालमा संक्रमितको संख्या १० हजार ९९

Author Logo..
अनलाइन राप्ती २०७७ असार ९ गते मङ्गलवार

काठमाडौं, ९ असार : नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमका अनुसार ५३८ जनामा संक्रमण देखिएको हो। आज थपिएका ५३८ सहित नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २ हजार २ सय २४ पुगेको छ। कुल संक्रमितमध्ये २४ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश अस्पतालमा रहेको आइसोलेशनमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैलेखको दुल्लुु नगरपालिका वडा नं ३ का ४५ वर्षिय पुुरुषको कोरोना संक्रमणका कारण मंगलबार मृत्यु भएको अस्पतालले पुष्टी गरेको छ ।

अस्पतालका कोरोना फोर्कल पर्सन डा. केएन पौडेलले कोरोना संक्रमणका कारण उनको मृत्यु भएको पुष्टी गरे ।मृत्तक पुुरुषले क्षयरोगका बिरामी थिए । उनले दुई अढाई वर्षदेखि क्षयरोगको औषधि सेवन गर्दै आएका थिए । डा. पौडेलले मृत्तक असार ३ गते उपचारका लागि दैलेखबाट आएको जानकारी दिए ।

दैलेखबाट आएको भोलिपल्टै उनको कोरोना परीक्षण गरिएको थियो । रिर्पोट पोजेटिभ आएपछि उनलाई आइसोलेशनमा राखेर उपचार गरिएको थियो । उनलाई कसरी कोरोना संक्रमण भयो भन्ने खुलेको छैन ।प्रवक्ता डा . गौतमका अनुसार हालसम्म देशकाना ७६ जिल्लामा संक्रमण देखिएको छ। अब नेपालमा रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार