
दाङ : दाङमा सोमवार सम्म २८५ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जिल्लामा अहिले सम्म ८ हजार ४५२ स्वाब संकलन भएको मध्य ५ सय ४९७ जनाको परिक्षण गर्दा २८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
त्यसैगरी ५ हजार २१२ जनाको रिर्पोट नेगेटिभ आएको समेत उनले बताए । अब २९ सय ५६ स्वाब प्रतिष्ठानमा परिक्षणको क्रममा रहेको उनको भनाई छ । जिल्लाका १० स्थानियतह मध्य सबै भन्दा घोराही उपमहानगरमा १४५ जना, तुलसीपुरमा १५ जना , राजपुरमा ७ जना, राप्तीमा १३ जना, बंगलाचुलीमा ७० जना, गढवामा १५ जना , बबईमा ३ जना , लमहीमा १० जनामा कोरोना पुष्टि भएको छ ।
साथै यि मध्य १३ जना चिकित्सक तथा स्वास्थ्यकर्मी, जनप्रतिनिधी र १ जना नेपाली सेनाका १ जना गरी २८५ जनामा कोरोना पुष्टि भएको फोकल पर्सन चन्दले जानकारी दिए । जिल्लामा अहिले सम्म ९१ जना डिस्चार्ज भएका छन् । त्यसैगरी जिल्लामा सोमवार सम्म २९ सय ७३ जनाको आरडिटीबाट परिक्षण गर्दा ४० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
जिल्लाका १० वटैतहमा १० हजार २५५ बेडको क्वारेन्टाइन रहेकोमा ४ हजार सय १९ जना बसेका छन् । सोमवार मात्र घोराहीमा वडाध्यक्ष सहित १३ जनामा कोरोना संक्रमण प्ष्टि भएको थियो ।
