दाङ : सोमबार मात्र दाङका २ गाउँपालिकाले आगामी बर्ष २०७७/७८ को निति तथा कार्यक्रम सार्बजनिक गरेका छन् ।
बबई गाउँपालिकाको सातौँ गाउँसभामा आगामी बर्षको निती तथा कार्यक्रम साबर्जनिक गर्दै अध्यक्ष भुवनेश्वर पौडेलले गाउँपालिकाले कृषिको यान्त्रीकरणका लागि कृषि उपकरण खरिद गर्न निश्चित प्रतिशत नगद अनुदान उपलब्ध गराउने एक वडा एक उत्पादनको नीतिलाई प्राथमिकता राखेको बताए ।
गाउँपालिकाले कृषि उपजहरूको उत्पादन, प्रशोधन र भण्डारणमा सहयोग पु¥याउन ग्रीन हाउस, भण्डार गृह र साना सिँचाइस् संरचनाहरू निर्माण गर्ने , कोभिड १९ को महामारीबाट प्रभावित कृषकहरुको जीविकोपार्जन सुधार, विदेशबाट रोजगारी गुमाई फर्किएका युवाहरुलाई कृषिमा रोजगारी प्रदान गर्न एवं उत्पादन बृद्धिका लागि विशेष कार्यक्रम ल्याईने उनले बताए । त्यसैगरी किसानलाई कृषि पेशाामा आत्मनिर्भर गराउन र कृषि उत्पादन बृद्धिका लागि आधुनिक कृषि औजारहरुको व्यवस्था गरिने छ ।
कृषि उत्पादनलाई बजारसम्म पु¥याउनका लागि कृषि बजारको व्यवस्था गरिने निति कार्यक्रममा उल्लेख गरिएको छ । त्यसै गरी गाउँपालिकामा कृषिसंग सम्बन्धित उद्योगहरु स्थापनाको लागि प्रदेश सरकार र केन्द्र सरकारको सहकार्यमा गरिने उल्लेख छ ।
कृषकहरुको उत्पादनलाई बजारीकरण गर्नका लागि ‘पालिका कोशेली घर’ (प्रर्दशनी तथा विक्रि कक्षा) संचालनमा ल्याईने अध्यक्ष पौडेलले बताए । धार्मिक तथा पर्यटकीय स्थल सम्म पुग्ने सडकहरु स्तर उन्नती गरि आन्तरिक तथा बाह्य पर्यटकहरु लाई आकर्षित गरिने छ । गाउँपालिकालाई पूर्ण सरसफाई युक्त गाउँपालिका घोषणा गर्न आवश्यक कार्यक्रम संचालन गरिने, आगामी २ बर्ष भित्र बबई गाउपालिकाका सम्पुर्ण घरहरुमा शुद्ध खानेपानी को ब्यबस्था गर्न ‘एक घर एक धारा’ को नीति अबलम्बन गरिने भएको छ ।
यता दंगीशरण गाउँपालिकाले पनि सोमबार निति तथा कार्यक्रम साबर्जनिक गरेको छ । गाउँपालिकाले कोभिड १९ को जोखिमको समयमा अशक्त, असहाय एंव आर्थिक रुपले विपन्न गर्भवती, जेष्ठ नागरीक एंव, अपांगता भएका ब्यक्तिहरुका लागि राहतका कार्यक्रम संचालन गरिने गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले जानकारी दिए ।
त्यस्तै कोभिड १९ संक्रमणको सम्भावित जोखिममा रहेका नागरीहरुलाई नेपाल सरकारले तोके बमोजिम क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाई स्वास्थ्य सुरक्षा सामग्रीको ब्यवस्था मिलाउँने र एम्बुलेन्स, शव वहान, दमकल जस्ता सेवालाई २४ औँ घण्टा संचालनमा ल्याईने डिप्रेसनमा रहेका व्यक्ति तथा मनोसामाजिक परामर्श आवश्यक पर्ने ब्यक्तिलाई मनोपरामर्श सेवा उपलब्ध गराउँने विषयलाई निति था कार्यक्रममा प्राथमिक्तामा राखिएको छ ।
त्ययैगरी बेरोजगारी पन हटाउँन विदेशबाट फर्किएकाहरुलाई सिप अनुसार पालिकाभित्रै रोजगार दिने, स्थानीय तहभित्र रहेका बाँझो जग्गाको तथ्यांक संकलन गरि पूर्ण उपयोगको व्यवस्था मिलाउँन भूमि बैँकको अवधारणा कार्यान्वयन गर्न यस कार्यलाई कार्यान्वयन गर्न ऋण सहुलियत तथा अनुदानका ब्यवस्था मिलाउँने, बाझोँ जमीन राख्नेलाई कार्वाहीको ब्यवस्था गरिने अध्यक्ष चौधरीले बताए ।
कृषकहरुलाई आत्मनिर्भर बनाउँन कृषि उपज तथा कृषिजन्य उत्पादनमा आत्मनिर्भताका लागि उधमशिलताको प्रवद्र्धन गर्न मल, विउ, किटनाशक औषधिको उपलब्धता,उत्पादित बस्तुहरुको भण्डारण तथा प्रशोधन, सिचाई सुबिधाको प्रबर्धन, आधुनिकिकरण गर्न कृषि मेसिनरी औजार, कृषि प्राविधीक अभियानको शुरुवात गर्ने, कृषकले खोजेकै समयमा कषि तथा पशु प्राविधीक उपलब्ध गराउँने, कृषि उपज संकलन केन्द्रको स्थापना गरिने, कृषि उपजहरुको बजारीकरण, दुग्ध उत्पादक सहकारी संस्थासंगको समन्वयमा डेरी उद्योग संचालन गरी गाउँपालिका भित्र नै प्रशोधन गर्ने ब्यवस्था, पालिकालाई माछा, मासु, अण्डा निर्यातमा अभिबृद्धि गर्न कार्यक्रम संचालन गरीने, कृषकको साथमा कृषि अभियान संचालन गरिने , कृत्रीम गर्भाधान, उन्नत जातका पशुपालनमा जोग दिनुका साथै पशुपालनका सम्भावित पकेट क्षेत्रको पहिचान गरि कार्यान्वयनमा ल्याईने भएको छ ।
‘‘पूर्वाधार, समुन्नतिको आधार, विकास जनताको अधिकार’’ भन्ने मान्यतालाई आत्मसाथ गरी विभिन्न क्षेत्रका पूर्वाधार विकासलाई विषेश प्राथमिकता दिई सडकको निर्माण, स्तरोन्नती, कालोपत्रे, गर्दै लैजाने,सबै बस्तीहरुमा विद्युत विस्तार गरि उज्यालो दंगीशरणलाई सार्थकता दिईने एक वडा एक पोखरी, पूर्वाधार, सुशासन, सम्वर्धनका लागि सोही अनुसार कार्यक्रम निती तथा कार्यक्रममा उल्लेख छ ।