तुलसीपुर : तुलसीपुरमा जंगली च्याउ खाँदा ५ जना बिरामी परेका छन् । जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा तुलसीपुर ८ गहतेखोला निबासी वर्ष ६९ का सत्य पुन, उनकी श्रीमती ६१ वर्षिया मैति पुन, उनीकी ४० बर्षीय छोरी तुलसीपुर ५ निबासी भोला पुन, नाति ११ बर्षका विशाल पुन र १५ बर्षका ललित पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।
आइतवार राती ८ बजेतिर च्याउ पकाएर खाएर सुतेकोले कसैलाई थाहा नभएकोले सोमबार स्वास्थ्यमा समस्या आएपछि उनीहरुलाई बिहान ८ तिर अस्पताल ल्याइएको थियो । छोरी र नातिहरु पाहुना पर्न गएको बुझिएको छ । अहिले बिरामी मध्य सत्य पुन, मैति पुन र भोला पुनको अवस्था मध्य रहेको छ, भने २ जनाको सामान्य छन् । उनीहरुको अहिले राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । त्यसैगरी आइतवार राप्ती नदि तर्ने क्रम डुबेर दाङमा एक ब्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । दाङको गढवा गाउँपालिका २ पचाह निबासी ३५ बर्षीय दिनदयाल चौधरीको आइतवार विहान करिब ७ बजेतिर राप्ती नदि तरेर खेत रोप्न जाने क्रममा नदिमा डुबेर मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । साथै घटनाको बारेमा ईप्रका गढवाबाट थप अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।