नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६

डिस्चार्ज हुनेको संख्या १७७२ , २३ जनाको मृत्यु
Author Logo..
अनलाइन राप्ती २०७७ असार ७ गते आइतवार

काठमाडौं, ७ असार : नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२१ जनामा संक्रमण देखिएको हो।

आइतवार थपिएका ४२१ सहित नेपालमा संक्रमितको संख्या ९ हजार २६ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७७२ पुगेको छ।

कुल संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ। प्रवक्ता डा .गौतमका अनुसार हालसम्म देशका ७५ जिल्लामा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार