तुलसीपुर आउने ब्यक्तिले रोजेर क्वारेन्टाइन बस्न पाउँने

Author Logo..
अनलाइन राप्ती २०७७ असार ७ गते आइतवार

तुलसीपुर : तुलसीपुर उपमहानरमा विदेशबाट आउने ब्यक्तिहरु क्वारेन्टाइनमा बस्नेको लागी ३ वटा क्षेत्र रोज्न पाउँने छन् । तुलसीपुर उपमहानगरपालिकाले विदेशबाट ब्यक्तिहरुलाई कम्तिमा पनि १४ दिन सम्म बस्नको लागी होम क्वारेन्टाइन , पेईङ्ग क्वारेन्टाइन र उपमहानगरले बनाएको क्वारेन्टाइनमा बस्नेको लागी रोज्ने पाउँने ब्यवस्था मिलाएको उपमहानरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।

होम क्वारेन्टाइनमा बस्न चाहानेले घरमा अलग्गै ट्वाईलेट बाथरुम सहितको कोठा ,घर परिवार र टोल तथा वडा कार्यालयको सिफारिस तथा सहमति र सम्बन्धित वडामा रहेको क्वारेन्टाइनमा बसेको स्वास्थ्यको टिमको निगरानी हुने गरि सहमति १४ दिन सम्म बस्नु पर्ने उनले बताए । होटलको सहमति , स्वास्थ्य महाशाखाको सहमति, कोरोना जाँच गरेको कागज भएमा १४ दिन सम्म बस्नु उनले बताए । त्यसैगरी पेइङ्ग क्वारेन्टाइनमा बस्न नचाहानेहरुका लागि उपमहानगरपालिकाले नै बनाएको क्वारेन्टाइनमा राखिने पनि समेत उनले बताए ।

‘ व्यक्तिले कस्तो चाहना गर्नुहुन्छ त्यसैमा भरपर्दछ,’ उनले भने ,‘ अहिले भारत, थाइल्याण्ड र ओमन ,साउदी लगाएतका देशबाट आएका ७ जना पेइङ्ग क्वारेन्टाइनमा बस्दै आएका छन्, भने ४/५ जना सम्पर्कमा रहेको उनले बताए । स्वास्थ्य शाखाले उनीहरुको नियमित चेकजाँच गरिरहेको छ । ’ १४ दिन पछि पिसिआर टेस्ट गरेर नेगेटिभ रिपोर्ट आए मात्रै घर पठाईने समेत उनले बताए । तर पिसिआर गरेको पैसा भने नलाग्ने उनले बताए ।

तुलसीपुर उपमहानगरमा शनिवार सम्म ६२१ जना क्वारेन्टाइनमा बस्दै आएका छन् । उपमहानगर अहिले ७१२ बेडको क्वारेन्टाइन बनाएको छ । त्यसैगरी अहिले सम्म उपमहानगरमा १० जनालाई कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार