तुलसीपुर : गुण्डा नियन्त्रणको अभियान थालेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले एकसय ७५ जना टोले गुण्डाले कानमा लगाएको मुन्द्रा फाल्न पठाएको छ । धार्मिक संस्कारका कारण लगाएको बाह्यक अन्य सबैको कानमा लगाएको रिङ र टप झिकेर फाल्न पठाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
चुल्ठे,मुन्द्रे, टोले गुन्डाबाट तुलसीपुर बजार आक्रान्त भएको जनगुनासोका आधारमा कपाल काट्न सुरु गरेको प्रहरीले अहिले मुन्द्रा फाल्ने अभियान थालेको हो । शुक्रबार शनिबार मात्रै प्रहरीले यति ठूलो संख्या १७५ युवाहरुले लगाएको मुन्द्रा झिकेर फाल्न पठाएको हो । एक महिनामा गुण्डा र लागुऔषध नियन्त्रण गर्छु भनेर त्यतिकै नबोलेको बताउदै प्रनाउ सिहले अहिले गुण्डाहरुको भागाभाग भएको बताए ।
विगतमा नेतृत्वले चासो नदिदा कामै नपाएर बसेका जवान देखि इन्सपेक्टरसम्मले अहिले रातदिन अपराध नियन्त्रमा खटेको सिंहले बताए ।