दाङ : दाङमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला सदस्य एवं एरिया ईञ्चार्ज मदन केसी पक्राउ गरेको छ । दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका भित्र पर्ने विजौरी, मानपुर र डुरूवाको एरिया ईन्चार्ज तथा जिल्ला सदस्य रहेको तुलसीपुर १९ ४० बर्षीय केसीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए ।
बिशेष सूचनाका आधारमा केसीलाई विहीवार बेलुका घोराही उपमहानगरपालिका १० नारायणपुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । लुकिछुपी हिडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रबक्ता खड्काले जानकारी दिए । पक्राउ परेका केसीमाथि थप अनुसन्धान भैरहेकोक प्रहरीले जानकारी दिएको छ ।