
दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान २ दिन बन्द हुन भएको छ । शुक्रवार १ चिकित्सक, २ नर्स र १ स्वास्थ्यकर्मीमा कोरोना संक्रमन फेला परेपछि प्रतिष्ठानले आकस्मिक सेवा लगाएत सम्पुर्ण सेवा २ दिनसम्म बन्द गरिने प्रेस विज्ञप्ती जारी गरी जनाएको छ ।
प्रतिष्ठानका कायममु कायम रजिष्ट्रार कैलाश देवका अनुसार ३९ बर्षीय १ चिकित्सक, ३४ र २५ बर्षीया २ नर्स र ४२ बर्षीय १ पुरुष स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको होे ।उनले प्रतिष्ठानमा कार्यरत, कर्मचारी, चिकित्सक लगाएत सबैको स्वाब संकलन गरि पिसिआर परीक्षण गरिने समेत जानकारी दिए । उनले अबको २ सम्म प्रतिष्ठानमा कुनैपनि विरामी भर्ना नलिने समेत बताए । यसअघि जिल्लामा थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।
