बंगलाचुलीमा सिमेन्ट उद्योगको टिप्परहरुलाई संचालनमा रोक

Author Logo..
अनलाइन राप्ती २०७७ असार ५ गते शुक्रवार


दाङ : दाङको बंगलाचुली गाउँपालिकाले घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुलाई संचालनमा रोक लगाएको छ । कोरोना भाईरस (कोभिड—१९) ले संसारलाई अस्त ब्येस्त पारिरहेको अवस्थामा गाउँपालिका पनि त्यसको मारमा परिरहेको अवस्थामा टिप्परहरु संचालन भएपछि थप संक्रमण बढ्न सक्ने भन्दै टिप्पर संचालनमा रोक लगाएको गाउँपालिकाले जनाएको छ ।

लकडाउनका कारण चुनढुङ्गा ढुवानी नगरेको घोराही सिमेन्ट उद्योगले गाउँपालिकासंग कुनै सम्पर्क सहमति बिनै शुक्रबार संयौ टिप्परहरु गाउँपालिका पठाएको थियो ।त्यस लगतै आफुहरुलाई स्वाथ्यमा चुनौति थपिने भन्दै स्थानियले टिप्परहरु संचालन गर्न नहुँने भन्दै सडकमा आएर टिप्परहरु रोकेका थिए । गाउँपालिकाले पनि यसप्रकारको कार्यले स्थानिय जनतामा मानसिक तथा मनोबैज्ञानिक असर पर्ने भन्दै संचालनमा रोक लगाउने जनाएको छ ।


गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै घोराही सिमेन्ट उद्योगले गाउँपालिका संग कुनै पनि प्रकारको सम्पर्क समन्वय नै नगरी उद्योगको चुनढुङ्गा ढुवानी गर्न एकाएक सयौँ टिप्पर बंगलाचुली प्रवेश गराएको हुँदा यस प्रकारको कदमको घोरभत्सना गरेका छन् । विज्ञप्तिमा भनिएको छ, नागरिकहरु बसेको ४०/५० मिटरको दुरिबाट एकै पटक सयौँ टिप्परहरु गुडाउँदा स्थानिय र क्वारेन्टाइनमा बसेका जनसमुदायको मानसपटलमा नकारात्मक तथा मनोबैज्ञानिक असर पर्ने हुँदा यस कार्यलाई पुर्णरुपमा बन्द गर्न समेत हामी अनुरोध गर्दछौँ ।

साथै गाउँपालिकाको अर्को निर्णय नहुँदा सम्मका लागि उद्योगका कुनैपनि टिप्परहरुले चुनढुङ्गा ढुवानी गर्न पुर्णरुपमा रोकलगाईएको व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराउँद छौँ । गाउँपालिका संग कुनै सहमति बिनै गाउँपालिका प्रवेश गरेका दर्जनौ टिप्पर तथा टिप्पर चालकहरुलाई गाउँपालिकाको क्वारेन्टाइनमा पठाईएको छ । उनीहरुलाई १४ दिन सम्म गाउँपालिकाको क्वारेन्टाइनमा राख्न समेत जनाएकोे छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार