दाङमा एकजना स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असार ४ गते बिहिवार


दाङ, दाङमा विहीबार ४ जनामा कोरोना पुष्टि भएको छ । घोराहीका १ जना, तुलसीपुरका २ जना र शान्तिनगरका १ जनामा राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा पीसीआर विधीबाट स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । ति मध्य घोराहीका कोरोना संक्रमित स्वास्थ्यकर्मी हुन् ।

घोराही उपमहानगरपालिका २ को शहरी स्वास्थ्य प्रबर्दन केन्द्र रामपुरमा कार्यरत घोराही १० का ३२ बर्षिय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले बताए । केही दिन पहिले उक्त केन्द्रमा कार्यरत १ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिए पछि उनको स्वाब जाँच गर्दा नेगेटिभ देखिएको थियो ।

तर उनलाई थप शंका लागेपछि नारायणपुर स्थित आइसोलेशनमा बसेका थिए । विहिवार उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्वाब परिक्षण गर्दा पोजेटिभ आएको हो । उनी सँगै अन्य ४ जनाको गरिएको स्वाब परिक्षणमा नेगेटिभ आएको छ । यो सँगै घोराही उपमहानगरपालिकाका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । ३ पुरुष र २ महिला अहिले नारायणपुर आइसोलेशनमा भर्ना भएका छन् ।

उपमहानगरका रामपुर शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्र, वडा नम्बर ४ को स्वास्थ्य चौकी लक्ष्मीपुर र वडा नम्बर ३ को कार्यालयलाई शिल गरिएको छ । दाङमा यो सँगै स्वास्थ्यकर्मी संक्रमित हुनेको संख्या ८ पुगेको छ, भने २ जना निको भएर घर फर्केको चन्दले बताए ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका १५ का २४ र ४७ बर्षीय पुरुष र शान्तिनगर गाउँपालिका ३ का ४८ बर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको हो । दाङमा हाल सम्म २५६ जनामा कोरोना पुष्टि भएको छ, अहिले सम्म ३० जना निको भएर घर गएको जिल्ला उनले बताए । दाङमा करिब ३५ सय स्बाव परिक्षणको क्रममा रहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार