स्वास्थ्य सुरक्षा सर्तकता प्रति तुलसीपुर मालपोत प्रमुख खड्काको चिन्ता

Author Logo..
अनलाइन राप्ती २०७७ असार ४ गते बिहिवार

तुलसीपुर : मालपोत कार्यालय तुलसीपुरका कार्यालय प्रमुख नरेश खड्काले सेवाग्राहीको भीड र असाबधानिका कारण कोरोना भाईरस संक्रमणको उच्च जोखिम हुने बताएका छन् । सामाजिक सञ्चाल फेसबुकमा बिहीबार उनले लेखेका छन्,सेवाग्राही बीचको सामाजिक दुरी यस्तो छ । यो बिहीबारको भिड ४ वटा साबिक गाबिस तुलसीपुर, मानपुर, डुरूवा र धनौरीका सेवाग्राहीको हो । सेवा प्रवाह गर्ने सूचना अनुसार सेवालिन आएका सेवाग्राहीहरू जो आफ्नो ज्यानको सुरक्षा भन्दा कामको चिन्तामा हुनुहुन्छ ।

काम त आज सकिएला तर सुरक्षा कसरी गर्न सकिन्छ ? मन्त्रालयको निर्णय तथा बिभागिय परिपत्रमा स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धि मापदण्ड अपनाई पीपीई, थर्मलगण लगाएतको स्वास्थ्य सुरक्षा सामाग्रीको व्यबस्था मिलाई सामाजिक दुरी कायम गरी कामकाज गर्नु भन्ने छ । तर सेनिटाईजर र मास्क सम्मको जेनतेन व्यवस्था गरि कार्यालय सञ्चालन गरिएको छ । उनले भनेका छन् । सेवाग्राहीलाई डर छैन्, जति भनेपनि लाग्दैन सायद एकदिन त हो भनेर होला । त्यसैमा वर्षातको समय छ, भाडाको घर छ, कर्मचारीको दरबन्दी नै कम छ, सेवाग्राही ओत लाग्ने ठाउँ समेत छैन ।


यस्तो अवस्थामा काम गर्नु हाम्रो बाध्यता छ ।’ १ मात्र साबिक गाबिस तोकेर काम गरौं तर त्यो पनि त्यति सहज छैन् । किनकि ३ महिना देखि पेन्डिङमा रहेको काम छ । आलोपालो गरेर १÷१ साबिकका गाबिस तोक्दा पनि १४ दिन पछि त्यस्को अर्को पालो आउँछ । मालपोतबाट हुने सबै सेवा उसैदिन सम्पन्न हुने खालका हुँदैनन्, उनले भनेका छन् ।


आधा अधुरो काम छाडेर जान सेवाग्राहिलाई मर्का पर्ने देखिन्छ । कर्मचारीले बिदा माग गर्दा बिदा स्वीकृत गर्न सकिएको छैन डर सबैलाई उस्तै हो नआत्तिनुस सेवाग्राहीलाई डर छैन भने हामी पनि डराउनु भएन भनेर भन्नू बाहेक अर्को उपाय छैन् । तर साच्चै भन्ने हो भने १० देखी ६ बजे सम्म अफिस समयमा सबै कर्मचारीको मनस्थिति डर, त्रासले ससंकित भएको छ । यस्तै हो भने मालपोत अफिस नै भोलीको दिनमा कोभिडको केन्द्र नबन्ला भन्न सकिँदैन, उनले सामाजिक सञ्चाल फेसबुकमा पोष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार