तुलसीपुरमा शुक्रवारदेखि १२ बजे सम्म मात्र पसल खुल्ने

Author Logo..
अनलाइन राप्ती २०७७ असार ४ गते बिहिवार

तुलसीपुर : कोरोना संक्रमणको प्रकोपलाई मध्यनजर गरेर तुलसीपुर बजार शुक्रवारदेखी हरेक मध्यान्ह १२ सम्म सबै पसलहरु सामाजिक दुरी ब्यबस्थापनका साथ सतर्कता अपनाएर खोल्ने निर्णय छ । असार १  गते देखि लकडाउन खुकुलो हुदाँ सबै पसलहरु खुल्दै आएका थिए । तर  बिहिबार तुलसीपुर उपमहानगरपालिकामा बसेको सरोकारवालको बैठकले अत्यावश्यक बाहेकका पसलहरु शुक्रवार १२ बजेपछी बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला संकट व्यवस्थापन समितिको बैठकले  बिहीवारदेखी दाङमा ५ बजेपछी पसल बन्द गर्ने निर्णय गरेको थियो । तुलसीपुरमा तत्कालका लागि कोरोना पोजेटिभको संख्या न्युन भएपनि चुनौति धेरै भएकाले यस्तो निर्णय गरिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए  । त्यसैगरी तुलसीपुरमा  बिहीबार २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा तुलसीपुरका २ र शान्तिनगर गाउँपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । तुलसीपुर उपमहानगरपालिका १५ को भिउडर माविको क्वारेन्टाईनमा रहेका ५६ जना मध्य एक जना ४७ बर्षिय पुरुष, तुलसीपुर १५ कै मावि कालाखोला क्वारेन्टाईनमा रहेका ४६ जना मध्य एक जना २४ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

त्यसैगरी शान्तिनगर गाउँपालिकाको वडा नम्बर २ स्थित जनकल्याण मावि बाघमारे क्वारेन्टाईनमा रहेका ९१ जना मध्य ४८ बर्षिय एक जना पुरुषमा कोरोना देखिएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ । यो सँगै शान्तिनगर गाउँपालिकामा संक्रमित भेटिएको यो पहिलो घटना हो । जिल्लाको दंगिशरण गाउँपालिकामा पनि संक्रमित भेटिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार