दाङमा बुधबार थप ८ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असार ३ गते बुधवार

दाङ : दाङमा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब सक्रमितको सख्या २५२ पुगेको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा राप्ती गाउँपालिकाका ५ र गढवा गाउँपालिकाका ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

जस अनुसार राप्ती गाउँपालिका वडा नम्बर २ का ३६ वर्षका पुरूष, ५५ वर्षकी महिला त्यसै गरि वडा नम्बर ५ का ४६ वर्षका पुरूष, वडा नम्बर ६ का ४५ वर्षका पुरूष र वडा नम्बर ७ का २८ वर्षका पुरूषमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

त्यसै गरी गढवा गाउँपालिका वडा नम्बर १ का २९ वर्षका पुरूष ,वडा नम्बर ४ का ३१ वर्षका पुरूष र वडा नम्बर ६ का ५५ वर्षका पुरूषमा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी सल्यानमा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बुधबार गरिएको पिसिआर परिक्षणमा २५ जनामा कोरोना पुष्टि भएको हो। संक्रमित हुनेमा बागचौर नगरपालिकाका ९ जना, त्रिवेणी गाउँपालिकाका ५ जना, सिद्ध कुमाख गाउँपालिकाका ३ जना, कालीमाटी गाउँपालिकाका २ जना र कुमाख गाउँपालिकाका ६ जनामा पुष्टि हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार