बंगलाचुलीमा बाटो मर्मत तथा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न

Author Logo..
अनलाइन राप्ती २०७७ असार ३ गते बुधवार


दाङ : प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बंगलाचुली गाउँपालिकामा छनौट भएको योजनाको काम सम्पन्न गरिएको छ ।नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतआर्थिक बर्ष २०७६÷७७ मा बंगलाचुली गाउँपालिका वडा नं. २ को बडिपोखरा छिप्पन उजा मन्दिर जाने मोटर बाटो निर्माणको लागि योजना छनौट भएको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रका लागि छनौट भएका वडा नं १ र २ का ३९ जना पुरुष र ४० जना महिला गरी जम्मा ७९ जना यस काममा सहभागि भएका थिए । श्रीमिकहरुले २३ दिनमा करिब २ किलोमिटर बाटो मर्मत तथा करिब १ किलोमिटर नयाँ ट्रयाक खोल्ने काम गरेका छन् ।

उनीहरुले १३ लाख ९४ हजार बराबरको काम सम्पन्न गरेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिए।

योजना सम्पन्न पछि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत वली , गाउँपालिकाका उपाध्यक्ष यमुना घर्ति मगर, वडा नं २ का वडा अध्यक्ष मेघ राज राना लगाएतकाले योजनाको अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार