घोराही : दाङ घोराहीका सुनचाँदी व्यवसायीहरूले अनिश्चितकालका लागि पसल बन्द गर्ने भएका छन् । कोरोना संक्रमणको जोखिम भयावह बन्दै गएको भन्दै जिल्लाको घोराही बजारका सम्पूर्ण सुनचाँदीका पसलहरू बन्द हुन लागेका हुन् ।
घोराही क्षेत्रमा कोरोना– भाइरसको जोखिम अत्याधिक जोखिम बढेपछि सुनचाँदी व्यवसायीहरूले असार ३ गते बुधबारदेखि सबै पसलहरू बन्द गर्न लागेको नेपाल सुनचाँदी व्यवसायी समिति घोराहीले जनाएको छ ।
‘सुन पसलमा अत्याधिक भिड लाग्ने गर्दछ’ उनले भने– ‘भिडभाड हुने ठाउँमा संक्रमणको जोखिम उच्च हुने भएकाले यस्तो निर्णय गरेका हौँ ।’ समितिले मंगलबार अर्को सूचना नआउँदासम्म बुधवार आजदेखि पसल बन्द गर्ने निर्णय गरेको संघकाअध्यक्ष विनोदकुमार विश्वकर्माले जानकारी दिए ।