दाङ : दाङमा एक जोडीले क्वारेन्टाइनमै अन्तरजातीय विवाह गरेका छन् । घोराही १८ का २३ बर्षीय वली थरका केटा र तुलसीपुर ५ की चौधरी थरकी २१ बर्षीय केटीले जेठ ३२ गते क्वारेन्टाइनमा विवाह गरेको वडा नम्बर १८ का वडाध्यक्ष भरतमणी अर्यालले जानकारी दिए ।
करिब २५/२६ दिन अगाडी भारतको दिल्लीबाट आएर उनीहरु वडा नम्बर १८ को आधारभुत विद्यालय बेलघारी क्वारेन्टाइनमा बसेका थिए ।‘ ९ महिना पहिले देखिनै उनीहरुको प्रेम सम्बन्ध रहेछ,’ उनले भने,‘ उनीहरुसंगै भारत गए र संगै आएका रहेछन्, उनीहरु जेठ ३२ धार्मिक संस्कार अनुसार सामाजिक दुरी कायम गर्दै बरपिपललाई साक्षी राखि विवाह गरेका हुन् । ’
उनीहरुको पिसीआर रिर्पाेट नेगेटिभ आएको र उनीहरुलाई १४ दिन सम्म छुट्टाछुट्टै बस्ने निर्देशन दिएर घर पठाएको वडाध्यक्ष अर्यालले बताए । असारमा ९ महिना हुने भएकाले उनीहरु दुबैको आग्रह र घरपरिवारको सरसल्लाह अनुसार उनीहरुको क्वारेन्टाइनमा विवाह गरिदिएको समेत उनले बताए ।