दाङको कोरोना बिशेष अस्पतालबाट सोमबार १२ जना डिस्चार्ज

Author Logo..
अनलाइन राप्ती २०७७ असार १ गते सोमवार


दाङ : दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीबाट १२ जना डिस्चार्ज भएका छन् ।
सोमबार तुलसीपुरका ५ जना, गढवाका ४ जना र पूर्वी रुकुमका ३ जनागरी १२ जना डिस्चार्ज भएको अस्पतालका ब्यवस्थापन दोर्ण वलीले जानकारी दिए । यो संगै अस्पतालबाट अहिलेसम्म ५८ जना संक्रमितले डिस्चार्ज भएका छन् ।

अस्पतालबाट अहिलेसम्म प्रदेशका विभिन्न जिल्लाका ९५ जना भर्ना भएका थिए । ५८ जना डिस्चार्ज भएपछि अहिले अस्पतालमा ५८ जना संक्रमित रहेका छन् । आजै बंगलाचुली गाउँपालिकाका ३४ जना कोरोना संक्रमित भर्ना भएका ब्यवस्थापक वलीले जानकारी दिए । उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । साथै उक्त अस्पतालबाट २ जनालाई बुटवल रेफर गरिएको छ । डेंगु देखिएका बबई गाउँपालिका १ जना र दंगीशरण गाउँपालिकाका १ जना पुरुषलाई डिस्चार्ज गरेको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार