विभिन्न अभियोगमा फरार तिन जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ असार १ गते सोमवार

तुलसीपुर : तुलसीपुरमा विभिन्न अभियोगमा फरार रहेका तिन जना सोमवार पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गत जेठ ६ गते एक बालिकालाई बलात्कार प्रयास आरोप लागेका शान्तीनगर गाउपालीका वडा नं.२ बस्ने बर्ष २३ को अनमोल के.सीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनी विरुद्ध जवरजस्ती करणी उद्योग सम्वन्धी मुद्धा दर्ता भएको छ ।
यस्तै ज्यान मार्ने उद्योगमा फरार रहेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा तुलसिपुर उपमहानगरपालिका ५ रानीजरुवा बस्ने बर्ष २१ को बिष्णु बुढाथोकी र सोहि ठाउँ बस्ने बर्ष २० को पक्षी भन्ने खिम बहादुर वि.क. रहेको प्रहरीले बताएको छ । गत जेठ ३० गते सोहि ठाउँ बस्ने ४७ को टिकाराम पुन माथी आक्रमण गरी निर्घात कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार