बंगलाचुली गाउँपालिकामा टेक्टर दुर्घटना हुदाँ चाकलको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ३२ गते आइतवार


दाङ : दाङमा टेक्टर दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ, भने २ जना घाईते भएका छन् । बंगलाचुली गाउँपालिकाबाट प्यूठानको अरूङखोला तर्फ बिजुलीको पोल लोड गरी जादै गरेको रा १ त २७७५ नम्वरको टेक्टर सोहि गाउँपालिका वडा नम्वर १ रातामाटा भन्ने स्थानमा शनिवार राती साढे ८ बजेतिर दुर्घटना हुदा चालक हासीपुर बस्ने २७ बर्षिय राम बहादुर बुढाको मृत्यु भएको प्रहरीले बताएको छ ।


बुढाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आइतवार विहान करिब पौने ४ बजे उपचारको क्रममा निधन भएको ५ नम्वर प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । यस्तै टेक्टर सहचालक प्युठान स्वर्गद्धारी नगरपालिका ९ सिमिले बस्ने १८ बर्षिय भेषराज घर्ती मगर, सवार बंगलाचुली १ बाह्रबिसे ३२ बर्षिय ईश्वर जिसी घाईते उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

टेक्टर सडकदेखी करिब ढेड सय मिटर तल खस्न गई दुर्घटना भएको र दुर्घटनाको बारेमा ईलाका प्रहरीका कमिरेचौर दाङले थप अनसुन्धान गरिरहेको ५ नम्बर प्रदेश प्रहरी प्रवक्ता एंव एसएसपी राज कुमार बैदवारले जानकारी दिए । यस्तैगरी घोराही ३ मनकामना पेट्रोलपम्प नजिकै लमहीदेखी घोराहीतर्फ आउदै गरेको ना ५ ख ९७८० नम्वरको ट्रकले ठक्कर दिदा अन्दाजी ३५ बर्षिय एक पुरुष घाईते भएका छन् ।

उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भईरहेको प्रहरीले बताएको छ । उनको पहिचान हुन सकेको छैन । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी घोराही उपमहानगरपालिका १९ कटुवा खोला बस्ने भिम बहादुर घर्तीकी ९ बर्षीया छोरी पुष्पा घर्ती घर नजिकै शनिवार बेलुका ६ बजेतिर खेल्ने क्रममा विद्युतको पोल छुदाँ करेन्ट लागी घाईते भएको प्रहरीले जनाएको छ । घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार