भारतमा कोरोना संक्रमितको संख्या ३ लाख २१ बढि

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ३२ गते आइतवार

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण छिमेकी मुलुक भारत पनि निकै आक्रान्त बनेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा  १२ हजार भन्दा धेरै संक्रमित थपिएका छन्। संक्रमणको कारण त्यहाँ तीन सय नौ जनाले ज्यान गुमाएका छन्।

वर्ल्डओमिटरका अनुसार भारतमा शनिबार १२ हजार २३ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै भारतमा संक्रमितको संख्या तीन लाख २१ हजार ६ सय २६ पुगेको छ।

त्यहाँ कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या नौ हजार एक सय ९९ पुगेको छ।

त्यसैगरी गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमणको कारण चार हजार ३७ जनाले ज्यान गुमाएका छन्। योसँगै विश्वमा संक्रमणको कारण ज्यान गुमाउनेको संख्या चार लाख ३१ हजार सात सय २६ पुगेको छ।

अहिलेसम्म विश्वभर संक्रमितको संख्या ७८ लाख ५५ हजार २१ पुगेको छ भने गएको २४ घण्टामा मात्रै विश्वभर गरेर एक लाख २७ हजार नौ सय २८ जना नयाँ संक्रमित थपिएका छन्।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा आठ सय ९० जनाले ज्यान गुमाएका छन् भने त्यसपछि ज्यान गुमाउनेको संख्या अमेरिकामा धेरै छ।

अमेरिकामा गएको २४ घण्टामा ६ सय ९९ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख १७ हजार नाघेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार