दाङको क्वारेन्टाईनमा बसेका प्युठानका एकजनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ३१ गते शनिवार

सुशिल बस्नेत

दाङ : दाङको बंगलाचुली गाँउपालिकाको क्वारेन्टाईनमा बसेका एक युवकको मृत्युभएको छ । मृत्यु हुनेको कारण भने खुल्न सकेको छैन् । बंगलाचुली गाउँपालिकाले सञ्चालन गरेको भुटनेटा क्वारेन्टाईनमा बसेका प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ निवासी १८ वर्षीय युवकको मृत्यु भएको गाँउपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले जानकारी दिए ।

ती युवक गत जेठ १२ गते क्वारेन्टाईनमा बसेका थिए । उनको जेठ २१ गते स्वाव संकलन गरेर परीक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आज रिर्पाेट नेगेटिभ आएको छ । केहि समय अघि भारतबाट आएर क्वारेन्टाईनमा बस्दै आएका ती युवकलाई बान्ता हुने र स्वासप्रश्वासमा समस्या देखिएपछि शनिवार विहान उपचारको लागि बुटवल लैजाने क्रममा निधन भएको अध्यक्ष वलीले बताए ।

त्यसैगरुी दाङमा शनिबार सम्म १० हजार १० वटा क्वारेन्टाईन बनाएका छन् । ती क्वारेन्टाईनमा ५ हजार १ सय १२ जनालाई राखिएको छ ।
त्यस्तै जिल्लाका बिभिन्न स्थानमा २ हजार ८९ वटा वेड सहितको आईसोलसन बनाएको छ ।
ती आईसोलेसन कक्षमा दाङका ७० जना,रुकुम पश्चिमका ३,प्युठानका १ गरि ७४ जनालाई भर्ना गरिएको छ । तर क्वारेन्टाईन र आईसोलेसमा राखिएका मानिसको पिसिआर परिक्षण रिपोर्ट प्राप्त गर्न सकेका छैनन् । स्वास्थ्य परिक्षण गर्ने स्थान राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्वाव संकलन मात्र हुने र परिक्षण ढिलो हुदाँ गुनासो बढदै गएका छन् ।


तुलसीपुर उपमहानगरपालिका अन्र्तगत सन्चालन गरिएका क्वारेन्टाईनमा बसेका अधिकांस नागरिकले १४ दिन पुरा गरी सकेका छन् ।
उनीहरुको कोरोना परिक्षणका लागी स्वाव संकलन भएता पनि समयमै परिक्षण नहुदा रिपोट आउन ढिलाई भईरहेको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन विमल केसीले बताउनु बताए ।


उनका अनुसार तुलसीपुरका १० वटा क्वारेन्टाईनमा शनिवार दिउँसो सम्म ६ सय ६६ जना मानिस बसेका छन् । ती मध्ये १७२ जना १४ दिन पुरा नगरेका छन् भने ४९४ जना १४ दिन पुरा गरी कोरोना परिक्षणको रिपोटको पखाईमा बसेका छन् । उनीहरु कतिबेला रिपोट आउला र घर जना पाईएला भन्ने प्रतिक्षा छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार