दाङ : दाङका क्वारेन्टाइनमा शुक्रवार सम्म ४ हजार ९ जना बसेका छन्, भने ६ हजार ७८८जनाको स्वाब संकलन भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । क्वारेन्टाइनमा सबैभन्दा बढि घोराही र त्यसपछि तुलसीपुरमा रहेका छन् ।
जिल्लाका १० स्थानियतहहरुले २ सय स्थानमा क्वारेन्टाइन बनाएका छन्, भने १ हजार १२२ बेड संख्या रहेको स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । घोराही उपमहानगरमा १५ सय ४७ जना, तुलसीपुरमा ६५० जना, राजपुर गाउँपालिकामा १४५ , राप्ती गाउँपालिकामा ४९० शान्तिनगरमा २२३ ,बंगलाचुलीमा ६४२, गढवामा ३८३, बबईमा ५८५,लमहीमा १४८ र दंगीशरण गाउँपालिकामा ८७ जना क्वारेन्टाइनमा रहेको फोकल पर्सन चन्द जानकारी दिए ।
जिल्लामा शुक्रवार सम्म पिसीआर विधीबाट ३ हजार २७१ जनाको परिक्षण गर्दा ९४ जनामा कोरोना पुष्टि भएको उनले बताए । त्यसैगरी ३ हजार १७७ जनाको रिर्पोट नेगटिभ आएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।अब ३ हजार ५१७ जनाको स्वाब परिक्षणको क्रममा रहेको कार्यालयले जनाएको छ ।
त्यसैगरी जिल्लामा आरडिटीबाट २ हजार ४३८ जनाको परिक्षण गर्दा ४० जनामा पोजेटिभ देखिएको छ, भने २ हजार ३९८ जनाको रिर्पोट नेगेटिभ आएको फोकल पर्सन चन्दले बताए ।