दाङमा राप्ती नदीमा डुबेर एक जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ३० गते शुक्रवार

दाङ : दाङमा राप्ती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । बिहीबार साढे १ बजेतिर दाङको राजपुर गाउँपालिका २ चख्पा स्थित राप्ती नदीमा नुहाउने क्रममा डुबेर सोही वडाका गैरा निसासी ३२ बर्षीय दिनगुरु चौधरीको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । नदीमा नुहाउन ३÷४ जना ब्यक्तिहरु गएका थिए । यस बिषयमा ईप्रका गढवाकले थप अनुसन्धान गरिरहेको नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रबक्ता एवं एसएसपी राज कुमार बैदवारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार