काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा आज शुक्रबार ४४८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा थपिएसँगै नेपालमा कुल संक्रमितको ५०६२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २४ महिला र ४२४ पुरुषमा कोरोना संक्रमण देखिएको हो। विराटनगर अस्पतामा गरिएको परीक्षणमा ९ जना, शिक्षण अस्पतालमा गरीएको परीक्षणमा १० जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा ८ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ जनामा कोरोना पोजेटिभ देखिएकोउनले बताए ।
यस्तै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना, कोसी अस्पतालमा भएको परीक्षणमा १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३७ जना र भेरी अञ्चल अस्पताल प्रयोगशालामा १६ जनामा कोरोना पोजेटिभ देखिएको हो।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३, धुलिखेल अस्पतालमा ८ जना, राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान दाङमा ८ जना, प्रदेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा ८३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जनामा पोजेटिभ दखिएको छ। यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ४१ जनाको पोजेटिभ आएको छ।