दाङ : दाङमा पनि सरकार विरुद्धी प्रर्दशन भएको छ । दाङको तुलसीपुर र घोराहीमा युवाहरुले प्रदर्शन गरेका हुन् । देशमा कोरोना भाइरस महामारी रोक्न लकडाउन गरेको ८१ औं दिन हुदाँ सम्म नागरिकस्तरबाट सरकारका कामको विरोध प्रदर्शन भएको छ ।
‘इनफ इज इनफ युवाहरुको ग्रुपले एकबद्ध भएर तुलसीपुरमा शुक्रबार बिरोध प्रदर्शन गरेका हुन् । सरकारले कोरोना व्यवस्थापनमा सरकार प्रभावकारी र संवेदनशील र जवाफदेही भएर अघि बढोस् भन्दै प्रदर्शन गरेको ग्रुपका उप संयोजक हरिष गिरीले बताए ।
प्रदर्शनमा ‘नेताको घरमा मासु जनतालाई सधै आँसु,कुर्सी मुनि कार्पेट कार्पेट मुनि जनता, झुटो आशले एक मुठी सास बच्दैन लगाएतमा प्लेकार्ड बोकेका थिए । यो अभियान राजनीतिक नभई स्वतन्त्र युवाहरूले मात्र गरेको समेत उनले बताए ।
त्यसैगरी दाङको घोराहीको तुलसीपुर चोकमा युवाहरु जम्मा भएर सरकारलाई कोरोनो परिक्षणको दायरा बढाउनदेखि भष्ट्राचार नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका थिए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको समयमा सरकारले कोरोना परिक्षणलाई व्यापक बनाउन नसेको र लकडाउनका क्रममा कर उठाउन खोजेर व्यवसायीलाई दु.ख दिने काम गरेको लगायतका लेखिएका प्लेकार्ड बोकेका थिए ।
उनीहरुले एक सय प्रतिशत पिसिआर परीक्षण गराउनुपर्ने, क्वारेन्टाइनलाई सुरक्षित र त्यहाँ बसेकालाई पौष्टिक आहारको व्यवस्था गर्नुपर्ने, मजदुर तथा विपन्न वर्गकाहरुलाई राहत दिनुपर्नेल गायतका नाराहरु थिए ।
त्यस्तै अव त अति भो, गरि खान दे सरकार,सरकारको सरोकार कार्पेट होइन पिसिआर, लकडाउन अवधिको ३ महिनाको घर भाडा निशुल्क गर्नुपर्ने, अस्पतालबाट बिरामीलाई डिस्चार्ज गर्नुअघि अनिवार्य रुपमा पिसिआर परीक्षण गर्नुपर्ने, देशको हित विपरित बोल्ने सांसद सरिता गिरीलाई कारवार्ही गरिपनु पर्ने, नयाँ बजेटमा समावेश गरिएको एमसिसी शव्द हटाउनुपर्ने, भारतले मिचेको नालापानी,कालापा लगाएतको भुभाग फिर्ता ल्याउन सरकारले पहल गर्नु पर्ने लगाएतका नारा बोकेका प्लेकार्ड बोकेर घोराहीमा प्रदर्शन गरेका थिए ।