प्रदेश ५ का झन्डै आधा कोरोना संक्रमित कपिलवस्तुका मात्र

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २९ गते बिहिवार

कपिलवस्तु : प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ३७ पुगेको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा ८७ संक्रमित थप भएका स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेशको कपिलवस्तु जिल्लामा ६ सय १५ संक्रमित पुगेका छन्।

कपिलवस्तुमा पछिल्लो २४ घण्टामा ४९ कोरोना संक्रमित थप भएका हुन्। यसैगरी रुपन्देही र बाँके जिल्लामा संक्रमितको संख्या १ सय नाघेको छ। प्रदेश ५ को बाँकेमा २ सय ८२ जना , रुपन्देहीमा १ सय ६७ जना, दाङमा ८६ जना, बर्दियामा ६१ जना, अर्घाखाँची ३६ जना, नवलपरासीमा ३८ जना, प्युठानमा १८ जना, पाल्पामा २१ जना, गुल्मीमा ७ जना, रुकुमपूर्वमा ३ जना र रोल्पामा ३ जनामा सङ्क्रमण देखिएको छ। 

यता कपिलवस्तुको यशोधरा गाउँपालिका र महाराजगन्ज नगरपालिकामा संक्रमितको संख्या १ सय नाघेको छ। यशोधरा गाउँपालिकामा १ सय ७९ जनामा महाराजगन्ज नगरपालिकामा १ सय १८ जना संक्रमित पुगेका छन्। त्यसैगरी मायादेवी गाउँपालिका ५३ जना, कृष्णनगर नगरपालिकामा ७१ जना, शिवराज नगरपालिकामा ५७ जना, शुद्धोधन गाउँपालिकामा ३३ जना, कपिलवस्तु नगरपालिका ३० जना, बुद्धभूमि नगरपालिका २९ जना, बाणगंगा नगरपालिकामा २३ र विजयनगर गाउँपालिकामा २२ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।

यसैगरी २ सय १६ संक्रमित आइसोलेसनबाट घरमा फर्किएका छन्। उनीहरूलाई २ हप्ताको होम आइसोलेसनमा बस्ने गरी घर पठाइएको हाे। जिल्लाभर कुल ३ सय ९९ संक्रमित आइसोलेसनमा रहेका बताइएको छ।
थाहा खबर

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार