
घोराही, २८ जेठ : घोराही उपमहानगरपालिकाले कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्क स्थिती पत्ता लगाउन केश अनुसन्धान तथा खोज पड्ताल समूह गठन गरेको छ
नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार कोरोना महामारी नियन्त्रण गर्न संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको अबस्था पत्ता लगाउन जनस्वास्थ्य अधिकृतको नेतृत्वमा तीन वटा समूह गठन गरेको हो ।
ए, बि र सी समूहमा ९ जना स्वास्थ्यकर्मीको समूह उक्त अनुसन्धानमा खट्ने भएका छन् । ए समूहमा जनस्वास्थ्य अधिकृत विकेश रेग्मीको नेतृत्वमा १ देखी ६ नम्बर वडाको जिम्मा स्वास्थ्य सहायक सपना पुनमगर र ल्याब सहायक माया मगरलाई जिम्मेवारी दिईएको छ ।
त्यसैगरी बि समूहमा स्वास्थ्य सहायक कुमार दुलालको नेतृत्वमा ७ देखी १३ नम्बर वडाको स्वास्थ्य सहायक दुर्गा गोराथोकी र ल्याब सहायक देवका चौधरीलाई जिम्मेवारी दिएको छ ।
सी समूहमा स्वास्थ्य सहायक भरत बुढामगरको नेतृत्वमा १४ देखी १९ वडाका जिम्मेवारी अहेब केशब धिताल र ल्याब सहायक बालकृष्ण चौधरीलाई दिईएको छ । तीन वटै समूहले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी र अबस्थाका बारेमा जाँचबुझ गर्ने छ ।।