दाङ : जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा क्वारेन्टाइन स्थापना गरिएको छ । कार्यालयको भवनमा रहेको जुनियर प्रहरी अधिकृतको कार्य कक्षमा बुधवार ३ बेडको क्वारेन्टाइन स्थापना गरिएको कार्यालयले जनाएको छ ।
कोरोना भाईरस (कोभिड–१९) संक्रमणको समय फ्रन्टलाइनमा खट्ने सुरक्षाकर्मीहरु उच्च जोखिममा रहने भएकाले संक्रमणकोे आशंका लागेमा तत्कालै राख्नका लागि क्वारेन्टाइन निर्माण गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पे्रम रेग्मीले जानकारी दिए । ट्राफिक प्रहरीले घोराही उप महानगरपालिकाको सहयोगमा उक्त क्वारेन्टाइन निर्माण गरेको हो :
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस