बंगलाचुलीमा ११ सय ८० जनाको स्वाव संकलन

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २७ गते मङ्गलवार

दाङ : दाङको बंगलाचुली गाउँपालिकामा ११ सय ८० जनाको स्वाव संकलन गरिएको छ । भारतबाट नेपाल आई विविन्न क्वारेन्टाईनमा वसेकाहरुको स्वाब संकलन गरिएको हो । जसमा २३ जनालाई कोरोना संक्रमण देखिएको छ ।

बंगलाचुली गाउँपालिका वडा नं १ मा ६ जना, वडा नं. ३ मा २ जना ,वडा नं. ४ मा ५ जना , वडा नं. ५ मा ८ जना , वडा नं. ६ मा १ जना, वडा नं. ७ मा २ जनालाई कोरोना संक्रमण देखिएको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर जिसीले जानकारी दिए । साथै ५ सय ३३ जनाको नेगेटिभ रिपोर्ट आएको छ । भने ६ सय २४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । भने ६७ आरडिटी गरीएको छ । गाउँपालिकाको सबै ठाउँहरुमा स्वास्थ्य शाखा सह –संयोजक ईन्द्रा घर्ती ,वरिष्ठ ल्याव असिस्टेन्ट हरि प्रसाद घर्ती,ल्याव टेक्निसिएन प्रतिक शर्मा,डिला घर्ती लगाएतको प्राविधिक टिमले स्वाव संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार