दाङ, नबिल बैंकले कोरोना संक्रमणबाट बच्नको लागी सेवाग्राहीलाई मध्यनजर गर्दै ‘‘नबिल जे.एन खाता’’ संचालनमा ल्याएको जनाएको छ । कोभिड १९ महामारीको समयमा सेवाग्राहीहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै, स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले, बिधुतिय प्रणालीलाई प्रोत्साहन गर्दै यो खाता संचालनमा ल्याएको प्रेस विज्ञप्ती जारी गरी बैंकले जनाएको छ ।
घरमा बसेर खाता खोल्न मिल्ने र आकर्षित ब्याज सहितको सुविधा सम्पन्न बचत खाता भएको बैंकका करपोरेट कम्यूनिकेशन युनिटका समन लामा थिङ्गले जानकारी दिईन् । साथै बैंकले मोवाईल बैंकिंग, भाईबर बैंकिंग, अनलाईन कारोबार र डेबिट कार्ड, क्रेडिट कार्ड, नमस्ते /एनसिएलमा २ जिबी डाटा प्याकेज निःशुल्क जारी गरिएको समेत बैंकले जनाएको छ ।
बैंकले आफ्ना बचतकर्ताको सुरक्षण सहित १३ प्राणघातक रोगहरु तथा दुर्घटना बिमा सुविधा समेत प्रदान गर्ने लामा थिङ्गले जानकारी दिए । बैंकको ११८ शाखा, १७५ एटिएम र १५ सय भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको समेत जनाएको छ ।