काठमाडौं, २७ जेठ : गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १४४ पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका अनुसार पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा १२ संक्रमितहरु फेला परेका हुन् । उनीहरु ४० देखि १८ वर्ष उमेर समूहका छन् ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस