दाङमा ५२ सय बढि स्वाब संकलन , परिक्षण करिब ३ हजार

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २७ गते मङ्गलवार

दाङ :  दाङका क्वारेन्टाइनमा सोमवार सम्म ५ हजार ४४६ जना बसेका छन्, भने ५ हजार २४० जनाको स्वाब संकलन भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।   क्वारेन्टाइनमा सबैभन्दा बढि घोराही र त्यसपछि बंगलाचुली गाउँपालिकामा रहेका छन् ।

जिल्लाका १० स्थानियतहहरुले १८६  स्थानमा क्वारेन्टाइन बनाएका छन्, भने ८ हजार ८४८ बेड संख्या रहेको स्वास्थ्य कार्यालय दाङका  कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । घोराही उपमहानगरमा १७ सय ३१  जना, तुलसीपुरमा ६४२ जना, राजपुर गाउँपालिकामा १३७ , राप्ती गाउँपालिकामा ७५५, शान्तिनगरमा २२० ,बंगलाचुलीमा ७९८, गढवामा ३२१, बबईमा ५२६,लमहीमा २८५ र दंगीशरण गाउँपालिकामा ११०  जना क्वारेन्टाइनमा रहेको फोकल पर्सन कमल चन्द जानकारी दिए ।

जिल्लामा सोमबार सम्म पिसीआर विधीबाट २ हजार ९७५ जनाको परिक्षण गर्दा ८० जनामा कोरोना पुष्टि भएको उनले बताए । ति मध्य एक जना घोराही १८ का ५९ बर्षीय पुरुषको भारतमा निधन भएको र राप्ती स्वास्थ्य प्रतिष्ठानमा स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।  त्यसैगरी २ हजार ८७७ जनाको रिर्पाेट नेगटिभ आएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।अब २ हजार २८३ जनाको स्वाब परिक्षणको क्रममा रहेको कार्यालयले जनाएको छ ।

त्यसैगरी जिल्लामा आरडिटीबाट १९ सय ६८ जनाको परिक्षण गर्दा ३५ जनामा पोजेटिभ देखिएको छ, भने  १९ सय ३३ जनाको रिर्पोट नेगेटिभ आएको फोकल पर्सन चन्दले बताए । जिल्लामा ३ जना निको भएर डिस्र्चाज भएका छन् ।  त्यसैगरी दाङमा  सोमबार ३ जना कोरोना संक्रमित थपिएका हुन्् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका बंगलाचुली गाउँपालिका  १ का ३१, ४३ र ७० बर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार