बढि मुल्यमा स्वास्थ्य सामाग्री बेच्ने घोराहीका २ पसललाई २/२ लाख जरिवाना

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २६ गते सोमवार



दाङ : बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले घोराहीका ३ वटा पसललाई कारबाही गरेको छ । सोमबार अनुगमनका क्रममा बढि मुल्यमा स्वास्थ्य सामाग्री बेच्ने २ वटा पसल र खरिद बिल देखाउन नसक्दा एक पसललाई कारबाही गरेको कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलले बताए ।

अनुगमनका क्रममा यूनाईटेड साईन्टिफिक एण्ड सर्जिकल हाउस प्रालि र लक्की सर्जिकल एण्ड सप्लायर्सले मास्क, पिपिई र थर्मल गन विक्री गर्दा २० प्रतिशत भन्दा बढि नाफा लिन मिल्दैन् , तर ५६ प्रतिसत सम्म नाफा लिएर विक्रि गरेको पाइएको हुँदा कारबाही गरेको उनले बताए । ति पसललाई जनही २/२ लाख जरिवाना तोकिएको समेत उनले बताए । त्यस्तै घोराहीकै चाहाना सर्जिकल एण्ड सप्लार्यलाई २० हजार रुपैंया जरिवाना तोकिएको उनले बताए ।

उक्त पसलले खरिद बिल देखाउन नसक्दा कारबाही गरीएको प्रमुख पौडेले बताए । ‘ ७ दिन भित्र जरिवाना तोकिएको रकम ती पसलहरुले बुझाउनु पर्ने छ,’ उनले भने ,‘ अन्यथा तोकिएको समयमा नबुझाए पसल सिल गर्ने, र तोकिएका जरिवान असुल गरि अन्य कारवाही अगाडि बढाईन्छ ।

’ उपभोक्ताको गुनासोको आधारमा बाँकेबाट आएर बाणिज्यका पदाधिकारीहरुले स्थानीय प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ, घरेलु, घोराही नगरका प्रतिनिधिको रोहवरमा घोराही बजार अनुगमन गरेको उनले बताए ।

त्यसैगरी टोलीले २ वटा सिमेन्ट उद्योगको पनि अनुगमन गरेको जनाएको छ । घोराहीमा रहेका सगरमाथा सिमेन्ट उद्योग र तुलसीपुरको दुधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगको अनुगमन गरिएको प्रमुख पौडेले बताए । अनुगमनको क्रममा उद्योगलाई बातारण प्रदुषण नगर्न र मुल्य बृद्धि नगर्न निर्देशन दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार