पार्किङ गरी राखेका ४ वटा जेसीबी, स्काभेटरमा आगजनी

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २६ गते सोमवार

दाङ : दाङमा पार्किङ गरेर राखिएका ४ वटा जेसिबी, स्काभेटरमा आगजनी भएको छ । हुलाकी राजमार्ग अन्तर्गत कालाकाटे–गढवा सडकखण्ड निर्माणमा प्रयोग भएका बज्रगुरु कन्ट्रक्सन प्रालिका ति गाडिहरुमा सोमबार विहान अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

गढवा गाउँपालिका १ जेठानगाउँ राप्ती नदीमा पार्किङ गरी राखेका अनटेष्ट जेसीबी १ वटा, दोसान मेसीन बा २ ख २२७२ , हन्डाई मेसीन बा २ ख ४४८२ र टाटा हिटची मेसीन रा १ ख ७१३ नम्बरका गाडीमा आगजनी भएको ५ नम्बर प्रदेश प्रहरी दाङका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राज कुमार बैदवारले बताए ।

सोमवार विहान करिब सवा ३ बजेतिर आगजनी भएको र उक्त आगो गढवा गाउँपालिकाको दमकल, स्थानिय र प्रहरीलेको सहयोगमा करिब आघा घण्टा पछि नियन्त्रणमा आएको उनले बताए । आगजनीबाट ति गाडिहरु पूर्णरुपमा जलेर नष्ट भएको र करिब साढे ४ करोड बराबरको क्षति भएका प्रहरीले जनाएको छ । ति गाडिमा आगो कसले र किन आगजनी ग¥यो, भन्ने बारेमा ईलाका प्रहरी कार्यालय गढवाले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार