तिर्थराज ज्ञवाली
देउखुरी दाङ : गरिव विपन्न, जनजाति, दलित पिछडिएका वर्गका लागि राप्ती गाउँपालिकाको पशुसेवा शाखाले आयस्तर बृद्धिमा सहयोग पुराउने उदेश्यका साथ उन्नत तथा लोकल कुखुरा वितरण गरेको छ । वडा नं १ देखी ८ सम्मका ६ सय ४० परिवारलाई अष्टोलोप र न्युहेम्सार जातका कुखुरा वितरण गरिएको शाखाका पशु सेवा प्राविधिक शेर बहादुर हमालले जानकारी दिए ।
प्रति किसान ५ वटाका दरले वितरण गरिएको कुखुरा वडा नं १ देखी क्रमश ८ वडा सम्म १२०, ८०, ७०, ७०, ८०, ७०, ८०, ७० घर परिवारलाई वितरण गरिएको छ ।
मासु र अण्डाको लागि राम्रो मानिने अष्टोलोप र न्युहेम्सार जातका कुखुराको पालनले गरिव विपन्न, जनजाति, दलित पिछडिएका वर्गको राम्रो आम्दानीको श्रोत बन्न सक्ने उदेश्यका साथ कुखुरा वितरण गरिएको हो ।
१० हजार बढि घरधुरी रहेको राप्ती गाउँपालिकामा यस आर्थिक वर्षमा प्रतक्ष तथा अप्रतक्ष रुपमा सबै घरमा सेवा पुग्ने गरि कार्य गरिएको र प्रत्यक्ष लाभान्वित कृषकहरुको संख्या समेत उल्लेख्य रहेको उनले बताए ।
यस्तै गरि सोमबारनै गाउँपालिका अन्तरगत मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत वडा नं ५ को भुल्के गाउँका सबै घरपरिवार ३२ घरपरिवारलाई समेत उन्नत जातको कुखुरा वितरण गरिएको छ ।
भुल्के गाउँलाई लोकल कुखुराको हव को रुपमा विकास गर्ने उदेश्य तथा गरिवि न्युनिकरणमा सहयोग पुराउन प्रतिघर १३ वटाको हिसावले कुखुरा वितरण गरिएको कार्यक्रमका सहजकर्ता टिका बस्नेतले जानकारी दिए ।
३२ घर लाई १३ वटाको दरले स्थानिय लोकल कुखुरा, रोग विरुद्ध औषधी, दाना खुवाउने भाँडा समेत वितरण गरिएको हो ।