तुलसीपुर : तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको छरछरे खानेपानी तथा सरसफाई समितिमा राखि राखेको पाईपहरुमा आगजनी भएको छ । रातको समयमा आगजनी भएका कारण कसले के कारणले आगजनी गरेको हो भन्ने बारेमा खोजी कार्य भईरहेको बेलझुण्डी अस्थायी प्रहरी पोष्टका ईन्चार्ज बलिराज शाहीले जानकारी दिए ।
गएराती करिव १२ बजे तिर आगलागी भएको स्थानीयले जानकारी दिएका छन् । स्थानीय, समितिका पदाधिकारी, र अस्थायी प्रहरी बिटबाट गएका प्रहरीहरुको सहयोगमा करिव २ पछि आगो नियन्त्रणमा आएको थियो ।
आगजनी भए लगत्तैबाट खानेपानी समितिका पदाधिकारी, स्थानिय, र प्रहरीहरुको प्रत्यक्ष सहभागितामा त्रिपक्षीय छलफल भईरहेको छ । घोराही – तुलसीपुर सडक खण्डदेखि करिव ५ सय मिटर दक्षिणमा रहेको उक्त खानेपानी भवनमा राखिएको करिव ६ लाख ५६ हजार ६ सय ४१ रूपैयाँ बराबरको पाईप पुर्ण रुपले जलेर नष्ट भएको छरछरे खानेपानी तथा सरसफाइ समितिका सचिव शंकर नेपालीले जानकारी बताए ।