
दाङ : दाङका क्वारेन्टाइनमा आईतवार सम्म ५ हजार ६५४ जना बसेका छन् । सबैभन्दा बढि घोराही र त्यसपछि राप्ती गाउँपालिकामा रहेका छन् । जिल्लाका १० स्थानियतहहरुले १८७ क्वारेन्टाईन बनाएका छन्,भने ६ हजार ६४८ बेड संख्या रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरमा ८४ वटा क्वारेन्टाइन संख्या छ, भने ३ हजार ४१६ बेड रहेको छ । घोराहीमा १७ सय ३१ जना क्वारेन्टाइनमा बसेका छन् ।
त्यसैगरी तुलसीपुरमा ६०६ जना, राजपुर गाउँपालिकामा १३१, राप्ती गाउँपालिकामा ८१९, शान्तिनगरमा १८०,बंगलाचुलीमा ७७१, गढवामा ५१०, बबईमा ५१८,लमहीमा २८५, दंगीशरणमा १०३ जना क्वारेन्टाइनमा बसेका स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्द बताए ।
जिल्लामा पिसीआर विधीबाट परिक्षण गर्नको लागी हिजो सम्म ५ हजार १८१ जनाको स्वाब संकलन गरिएको छ, भने २ हजार ८०३ जनाको परिक्षण गर्दा ७६ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी २ हजार २२७ जनाको रिर्पाेट नेगेटिभ आएको फोकल पर्सन चन्दले बताए ।
अब २ हजार ३७८ जनाको स्वाब परिक्षणको क्रममा रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । त्यसैगरी जिल्लामा आरडिटीबाट १६ सय ३६ जनाको परिक्षण गर्दा ३३ जनामा पोजेटिभ देखिएको थियो, भने १६सय ३ जनाको रिर्पाेट नेगेटिभ आएको फोकल पर्सन चन्दले बताए । जिल्लामा ३ जना निको भएर डिस्र्चाज भएका छन् ।