भारतको दिल्लीमा मृत्यु भएका ब्यक्तिको प्रतिष्ठान स्वाब परिक्षण गर्दा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २५ गते आइतवार


दाङ : दाङको घोराही उपमहानगरपालिका १८ घर भई भारतको नयाँ दिल्लीमा ब्यवसायी गर्दै आएका एक व्यक्तिमा मुत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको छ ।
दम र सुगरबाट लामो समयदेखि पीडित भनिएका घोराही उपमहानगरपालिका १८ का ६० वर्षीय एक व्यक्तिमा मृत्युपश्चात कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

नयाँ दिल्लीमै उपचारका क्रममा मृत्यु भएका उनको शव जेठ २४ गते दाङ ल्याएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो । स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजिटिभ आएको प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए।

अन्तिम संस्कारका लागि घरमा ल्याइएको उनको कोरोना रिपोर्ट पोजिटिभ आएसँगै नेपाली सेनाले व्यवस्थापनका लागि तयारी गरेको छ । मृतकलाई ल्याएर आएका सहयोगी र शववाहन चालकलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार