तुलसीपुरका बैंकमा लाइनमा बसेका सेवाग्राहीलाई पानी खुवाउँदै प्रहरी

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २५ गते आइतवार

तुलसीपुर : दाङको तुलसीपुरमा रहेका बैंक तथा वित्तिय संस्थाहरुमा सामाजिक दुरी कायम गराउन प्रहरी लागेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले बैंक तथा वित्तिय संस्थाहरुमा सेवाग्राहीको चाप धेरै हुने भएकाले सेवाग्राहीहरुलाई सामाजिक दुरी कायम गरी सेवा लिन आग्रह गरेको छ ।

आइतवारदेखी तुलसीपुर क्षेत्रका बैंक तथा वित्तिय संस्थाहरु हप्ताको ६ दिन विहान १० बजेदेखी २ बजे सम्म खुल्ने भएपछि प्रहरीले सेवाग्राहीको सहजताको लागी प्रत्यक बैंक तथा वित्तिय संस्थाहरुमा गोल घेराको चिन्ह गराएको छ ।

लकडाउनको समयमा बैंकहरुमा मानिसहरुको भिडभाड अत्याधिक भएपछि कोरोना संक्रमणबाट बच्चको लागी सामाजिक दुरी कायम गर्न प्रत्यक बैंकहरुमा गोलो घेरा बनाएको ईप्रका तुलसीपुरका ईन्स्पेक्टर झलक प्रसाद शर्माले उनले बताए । अन्य दिनको तुलनामा आज प्राय ठाउँहरुमा सामाजिक दुरी कायम गरेको पाईएको उनले बताए । ‘ जेष्ठ नागरिकहरुलाई बैंकले नै ब्यवस्था मिलाएको छ ,’ उनले भने ,‘ अन्य चाँही हामीले शनिवार बनाएको घेरामा लाईनमा बसेको पाएको छ । यसले गर्दा सेवाग्राहीलाई सहज र जोमिख कम हुने छ । ’

त्यसैगरी प्रहरीले बैंकमा लाईनमा बसेका सेवाग्राहीहरुलाई पानी समेत खुवाउँने गरेको छ । ‘ यस्तो गर्मीमा घन्टौं सम्म लाईनमा बसेका हुन्छन्,’ उनले भने ,‘ गर्मीले गर्दा सितल खोज्न जादाँ बसै एकै ठाउँमा जाने र जसले गर्दा सामाजिक दुरी कायम नहुने भएकाले सेवाग्राहीलाई पानी खुवाउने गरेका हौँ ।’ यदि उनीहरुलाई लाईन मै पानीको ब्यवस्था गरिदिए सामाजिक दुरी कामय हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार