दाङमा २ थपिए, रोल्पामा पहिलो पटक ३ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २५ गते आइतवार

दाङ : दाङमा कोरोना संक्रमित थपिने क्रम जारी रहेको छ । आइतबार मात्रै दाङमा दुईजना नयाँ संक्रमितको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा घोराही उपमहानगरपालिका १९का २४ वर्षीय र लमही नगरपालिका ५का २७ वर्षीय गरेर दुई पुरुषमा कोरोना पुष्टि भएको हो ।

यो सहित दाङमा संक्रमित हुनेको संख्या ७६ पुगेको छ ।रोल्पामा पहिलो पटक कोरोना पुष्टि भएको छ । प्रदेश नं ५ को रोल्पामा अहिलेसम्म कोरोना पोजिटिभ देखिएको थिएन । रोल्पा नगरपालिका ६ सुलीचौरका एकजना, सुलील स्मृती गाउँपालिकाका दुईजनामा कोरोजा पोजिटिभ देखिएको छ ।

भेरी अस्पतालको प्रगोगशालामा गरिएको परीक्षणमा दुईजना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा एकजना गरी तीनजनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल रोल्पाले बताएको छ । कोरोना संक्रमण भएका २०,२२ र २७ वर्षका पुरुष हुन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार