गण्डकीमा ३८ संक्रमित थपिए : संक्रमितको संख्या १ सय १३ पुग्यो

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २५ गते आइतवार

काठमाडौं, २५ जेठ : नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अध्यावधिक विवरण अनुसार हालसम्म गण्डकी प्रदेशमा कोभिड -१९ को संक्रमितको संख्या ११३ पुगेको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माद्वारा जारी सूचना अनुसार गण्डकी प्रदेशका चार जिल्लाहरु स्याङ्जा, बाग्लुङ, गोरखा र नवलपरासी पूर्वमा संक्रमण पुष्टि भएको हो ।

जसअनुसार, स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १०, नवलपरासी पूर्वमा ४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित सबै पुरुष हुन् ।

संक्रमित सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजानै तयारी भइरहेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार