बैतडीको क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २५ गते आइतवार

बैतडी : पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा रहेका एकजना पुरुषको मृत्यु भएको छ। भारतबाट फर्किएको दिन उनको मृत्यु भएको हो। पाटन नगरपालिका–६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिष्टेन्ट प्रेमसागर भट्टले जानकारी दिए।

शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका ती पुरुषको शनिबार राति क्वारेन्टाइनमै मृत्यु भएको हो। साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको हेल्थ असिष्टेन्ट भट्टले जानकारी दिए। मृतकको स्वाबको नमुना संकलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। उनीसँगै बेंगलोरबाट १३ जना पनि शनिवार बिहानै पाटन पुगेका थिए।

उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसिरहेका छन्। यसअघि पनि भारतबाट आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको जेठ २० मा मृत्यु भएको थियो। पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ बर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो।  

थाहा खबर

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार