
तुलसीपुर : ईलाका प्रहरी कार्यालय तुलसीपुरले ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका ७ बस्ने बर्ष २८ का श्री बहादुर रावत र बाँके बैजनाथ गाउपालिका १ चिसापानी बस्ने बर्ष २४ का सुजन शाही रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
अलिलियाबाट तुलसीपुरतर्फ आउँदै गरेको भे २ प २७४ नम्बरको मोटरसाईकललाई अस्थाई प्रहरी चेकपोष्ट तुलसीपुर १३ दमारगाउँमा शनिवार बेलुका ५ बजेतिर चेकजाँच गर्दा मोटरसाईकलको सिट मुनी र शाहीको वन्डरवयरबाट १४ ग्राम १० मिलिग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक चक्र डम्बरपालको नेतृत्वमा गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । घनटनाा सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।