आधा यात्रु राखेर यातायात संचालन गर्न सकिदैन् : यातायात ब्यवसायी

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २४ गते शनिवार

फाईल फोटो

सुशिल बस्नेत,

दाङ : सरकारले सिट क्षमता भन्दा आधा मात्र यात्रु राखेर सार्वजनिक यातायातका साधान सञ्चालन गर्ने प्रस्तावलाई यातायात ब्यबसायीहरुले सकारात्मक रुपमा लिएका छैनन् । उच्चस्तरीय समन्वय समितिले १ सय भन्दा कम कोरोना संक्रमित भएका जिल्लामा जेठ २५ बाट जिल्ला भित्र मात्र सवारी साधन सञ्चालन गर्न दिने प्रस्ताव गरेको छ ।

तर ती सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु एक पटकमा राख्ने गरी छोटो दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । यस्तै, असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रुबाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव छ । यो प्रस्तावमा यातायात ब्यबसायीहरुले भने असन्तुष्टि जनाएका छन् ।

आधा यात्रु मात्र राखेर सञ्चाल गर्दा यातायात ब्यबसायीहरु घाटामा पर्ने बताएका छन् । फुल सिटमा यातायात सञ्चालन गर्दा ३० प्रतिसत मात्र बचत हुने भईरहेकोमा अहिले आधामा सञ्चालन गर्दा यातायात क्षेत्र धरापमा पर्ने त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले बताए ।

‘ आधा यात्रु मात्र राखेर सार्वजनिक यातायातका साधन सञ्चालन गर्न सकिन्छ, तर त्यसका लागि २ वटा बिकल्प हामीसंग छन्,’ उनले भने ,‘ पहिलो बिकल्प भाडा बृद्धि वा सरकारले अनुदान दिनु पर्छ । ’ साथै नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघले सरकारसँग गरिरहेको बार्तालाई पर्खेको उनले बताए ।

देशभर २ लाख ५० हजार सार्वजनिक यातायातका साधन सञ्चालन छन्, भने आफ्नो प्रालिमा मात्र ६ सय ५० वटा गाडी सञ्चालनमा रहेको उनले बताए । जिल्लामा भने १ सय ५० वटा सञ्चालनमा रहेको उक्त प्रालिले बताएको छ । जिल्लामा आधा दर्जनजति विभिन्न प्रालिहरुले गाडिहरु संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार