लमही : पूर्व पश्चिम राजमार्ग र लमही अस्पतालको विच भागमा सुविधा सम्पन्न अत्याधुनिक ट्रमा सेन्टर बन्ने भएको छ । उद्यमशिल सहकारी संस्थाको कार्यालय रहेको स्थानमा ट्रमा सेन्टर बन्ने र सहकारी संस्थाको कार्यालय सञ्चालनको लागी स्थानिय सरकारले अनेत्र व्यवस्थापन गर्ने भएको हो ।
लमही नगरपालिकाले ३५ दिन भित्र सहकारी संस्थालाई कार्यालय अनेत्र सार्न आग्रह गर्दै पत्र लेखेको थियो । सोही पत्रको आधारमा शनिबार माननीय सांसद रेवतीरमण शर्मा, माननीय सांसद सरस्वती गौतम, लमही नगरपालीकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेल्वासे सहित सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी, पूर्व अध्यक्षहरु सहितको बिशेष बैठकले ट्रमा सेन्टरको लागी ठाउँ खाली गर्ने, सहकारी संस्थाको व्यवस्थापनको लागी विकल्पहरुको खोजी गर्न एउटा कार्यदल समेत गठन गरिएको छ ।
प्रदेश ५ सरकारले आगामी आर्थिक बर्ष कार्यान्वयन हुने नीति तथा कार्यक्रममा समेत लमहीमा ट्रमा सेन्टर निर्माण गर्ने बिषयलाई प्राथमिकताका साथ उल्लेख गरेको छ ।
बुहबर्षिय ठेक्का मार्फत अन्र्तराष्ट्रिय मापदण्ड अनुसार ट्रमा सेन्टर बनाइने प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले स्पष्ट पारे ।
‘यहाँ ट्रमा सेन्टर आवश्यक छ , भनेर धेरै पटकका छलफल र बहसमा कुरा उठाईयो । प्रदेश सरकारले प्रथामिकतासाथ लमहीमा ट्रमा सेन्टर बनाउने योजनालाई समेटेको छ’शर्माले भेने,‘ लमही देखी पूर्व वुटवल र पश्चिममा कोहलपुर सम्मको भु–भागमा कती कतै सुविधा सम्पन्न अस्पताल नहुदा यहाँका नागरिकले उपचारको लागी निकै सास्ती खेप्नु प¥यो । ’ अब उपचारको लागी सास्ती खेप्नु पर्ने छैन् । विरामी रेफर होइन, डाक्टर चार्टर गरेर ट्रमा सेन्टरमा ल्याइने छ ।’ ट्रमा सेन्टर बनाउन ४० करोडको बजेट प्रक्षेपण गरिएको छ ।