परिवार तथा समाजको विकासमा महिलाहरुको भुमिका महत्वपुर्ण छ : सांसद न्यौपाने

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २४ गते शनिवार


भैरहवा : तिलोत्तमा नगरपालिका १० शान्तिनगरमा रहेको दुर्गा आमा समुहको निर्माण हुन लागेको नयाँ भवनको शिलन्यास गरिएको छ । प्रदेश ५ का प्रदेश सभा सदस्य दधिराम न्यौपानेले नव निर्मित ६ कोठे भवनको शिलन्यास गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

शिलन्यास कार्यक्रममा कार्यक्रमका प्रमुख अथिति तथा प्रदेश सभा सदस्य न्यौपानेले महिलाहरुको क्षमता विकास र नेतृत्व विकासका लागि प्रदेश सरकारले थप कार्यक्रमहरु आगामी बजेट ल्याउन लागेको जानकारी दिए ।

उनले परिवार तथा समाजको विकासमा महिलाहरुको भुमिका महत्वपुर्ण रहेको भन्दै सरकारले महिला मैत्री बजेट निर्माणमा जोड दिएको बताए ।
भवन शिलन्यास कार्यक्रममा बोल्दै सोही वडाका वडाध्यक्ष व्यासमुनी चौधरीले व्यवस्थित कार्य सम्पादनका लागि भवन निर्माणले आमा समुहलाई सहयोग पुग्ने बताए ।

आमा समुहकी अध्यक्ष लिला देवी जैसीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १२ वडाध्यक्ष सहदेव चौधरी तथा स्थानिय समाजसेवी प्रदिप थापा, गोपाल घिमिरे, यादव अर्याल लगाएतको उपस्थित रहेको थियो । सिमा घिमिरेको सञ्चालन तथा शारदा नेपालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार