तुलसीपुर, ५ जुन अर्थात बिश्व बातावरण दिबशका अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले रक्त सञ्चार केन्द्र तुलसीपुर र राप्ती प्रादेशिक अस्पतालको हाता बाहिर झाडी सरसफाई गरेको छ ।
शान्ती समाजको आजको सरसफाई कार्यक्रम शाखा उपसभापति तुलसीराम सुनारको सभापतित्वमा भएको हो । त्यस अवसरमा शान्ति समाजका केन्द्रिय महासचिव सुशील बस्नेत, शाखाका पुर्ब सभापति निर्मल नेपाली र सुरेश श्रेष्ठ , सामाजिक अभियान्ता टोपबहादुर महतरा, नेपाल रेडक्रस दाङका सदस्य भिमलाल मरासिनीले पर्यावरण दिवसको बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण सचीव निर्मला डाँगी योगीले गरेकी थिईन् ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस