शरद रेग्मी
दाङ , २३ जेठ : लकडाउनका कारण आजित भएका यातायाता मजदुरहरुलाई दाङमा रहेको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले ४ सय मजदुरहरुलाई शुक्रबार खाद्यान्न बितरण गरेको छ । प्रालिका अध्यक्ष सुरेश हमालको पहलमा आफ्ना करिब ४ सय यातायात मजदुरहरुलाई २५ किलो चामल, दाल, तेल र नुन सहयोग गरेको प्रालिले जनाएको छ ।
पहिलो चरणमा कर्मचारी युनियन, मजदुर सघं संगठन सहितको रोहबरमा प्रधान कार्यालय तुलसीपुर, शाखा कार्यालय घोराही ,लमही र भालुबाङका मजदुरहरुलाई राहत बितरण गरिएको अध्यक्ष हमालले बताए । लामो समयको लकडाउनको मार खेपिरहेका आफ्ना यातायात मजदुरहरुलाई पहिलो चरणमा राहत सहयोग गरेको उनले बताए । साथै उनले साँझ बिहान खाद्यान्नको अभाब भएका जो कोही मजदुरलाई समेत सहयोग गर्न आफुहरु तयार रहेको बताए ।
एकै साथ ४ स्थानमा भएको राहत बितरण कार्यक्रममा ब्यबसायिका पदाधिकारीहरु पुस्कर धिताल, प्रकाश भट्ट,श्रीधर बुढाथोकी ,भिमसेन लहरे,तेजमणि आचार्य,दिबाकर न्यौपाने ,पदम वली लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै घोराही, लमही र भालुबाङमा भरतनाथ योगी ,भरतराज श्रेष्ठ, मानबहाहुर डाँगी ,प्रेम रावत,ऋषि रावत, तेजप्रसाद अधिकारी ,नारायण न्यौपाने, कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष दिनेश जगंशाह,सचिब राजेश पुन , मजदुर नेता एंव ब्यबसायी केशब भण्डारी लगाएतको सहयोगमा मजदुरहरुलाई राहत सहयोग गरिएको थियो । प्रालिमा हाल १७ सय मजदुरहरु कार्यरत रहेका छन, भने २ सय ५० जना कर्मचारीहरु रहेका छन