मसोट दुर्घटना : (अपडेट) चालकको मृत्यु, सहचालक सामान्य

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २२ गते बिहिवार

दाङ : दाङको घोराही – लमही सडक खण्डअन्र्तग घोराही ३ मसोटमा बुधवार घोराहीबाट भारततर्फ जाँदै गरेको जि टिभी ०५डब्लु ७७३३नम्बरको भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको रा ४ प ४१६६ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिदाँ दुबै सवारी साधन बाटो देखि करिब १५ मिटर तल खोल्सामा खस्दाँ ट्रक चालक भारत थिरोजापुर धरमपुराका करिब ४० बर्षीय बलदेव सिंहको घटनास्थलमानै मृत्यु भएको र सोही ठाउँका सहचालक २५ बर्षीय जग्टार सिंह अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा मोटरसाईकलमा सवार दाङको लमही ४ निबासी २६ बर्षीय भगवानदिन चौधरी, र उनकी २७ बर्षीय श्रीमती रञ्जना चौधरी घाईते हुदाँ उनीहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ जनाएको छ । उक्त घटनाको बोरेमा थप अनुसन्धान वडा प्रहरी कार्यालय लमही दाङबाट भईरहेको समेत प्रहरीले जनाएको छ ।

त्यसैगरी प्युठानको मल्लरानी गाउँपालिका १ टोड्के निवासी ६२ बर्षीय खम बहादुर घर्तीको जंगलमा घास काट्न जादाँ लड्र मृत्यु भएको प्रहरीले जनाएको छ । यहि जेठ २० गते विहान ८ बजेतिर भुर्जो गैरो जंगलमा घाँस काट्न गएको बेला भिरबाट करिब ३०० मिटर तल खस्दा घट्ना स्थलमानै मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । उक्त घटनाको जिल्ला प्रहरी कार्यालय प्युठानबाट थप अनुसन्धान भई समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार